Logo

कसरी पाउने मुख गन्हाउने समस्याबाट छुटकारा?



Spread the love

मानव शरीरको एक महत्वपूर्ण अङ्ग मध्ये मुख पनि एक हो l जसले खाने, बोल्ने र हाँस्ने विशेष काम गर्छ l मुख एक महत्वपूर्ण अङ्ग भएकाले यसको सरसफाइमा पनि ध्यान पुर्‍याउन उतिकै जरुरी छ l तर यसको सरसफाइमा कुनै प्रकारको लापरवाही भएमा मुखबाट गन्ध आउने मात्रै होइन, दाँत र गिजामा पनि विभिन्न रोग किसिमको रोग देखा पर्ने गर्छ l त्यसैले आउनुहोस् चर्चा गरौँ सरसफाई गर्दा ध्यान दिनु पर्ने यी कुरा बारे l

  • जब तपाईँ दाँत माझ्नुहुन्छ l तब जिब्रो पनि सफा गर्ने बानी बसाल्नुहोस् l जसले गर्दा तपाइको मुख सफा रहनका साथै गन्ध मुक्त पनि रहन्छ l
  • यदि तपाईँ पानी प्रशस्त मात्रामा पिउनु हुन् भने पनि मुख गनाउने जस्ता समस्या उत्पन्न हुने गर्छ l त्यसैले पानी पनि प्रशस्त मात्रा पिउने गर्नुहोस् l
  • सधैँ आफ्नो भोजनमा पोसिलो खाना खाने गर्नुहोस् l जसले गर्दा तपाइको स्वास्थ्य पनि स्वस्थ रहने गर्छ l
  • यदि तपाईँ बिहान र बेलुका दुई समय दाँत माझ्नु हुन् भने पनि मुख गनाउने समस्या देखापर्छ l त्यसैले बिहान उठ्नसाथ र बेलुका सुत्नु अघि दाँत माझ्ने गर्नुहोस् l
  • मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन गर्नाले पनि मुख गनाउने जस्ता समस्या देखा पर्ने गर्छ l त्यसैले यस्तो पदार्थको सेवन नगरेको नै उचित हुन्छ l
  • यदि तपाइको मुखमा केही खानेकुरा च्यापेर सुत्ने बानी छ भने त्यस्तो बानीलाई तुरुन्तै त्याग्नुहोस् l किनकि मुखमा त्यसरी खानेकुरा राखेर सुत्दा पनि मुख गनाउने समस्या उत्पन्न हुने गर्छ l

प्रतिक्रिया दिनुहोस्