Logo

अाहा! रानीमहल (फोटो फिचर)



Spread the love

 

सुन्दर सल्यानको टिम रानी महलमा गएर अध्ययन पछि तयार गरेको सामग्री साथै सुन्दर सल्यानका फोटो पत्रकार शंकर भुजेलले कैद गरेका केहि तस्बिरहरु

नेपालमा ताज महलको रुपले चिनिने पाल्पाको रमणीय स्थलमा रहेको रानी महल संरक्षण तथा प्रबर्द्धनको अभावले गर्दा ओझेलमा परेको छ। तानसेनदेखि देखि १३ किलोमीटर उत्तरतर्फ कालीगण्डकी भिरको चट्टानमाथी रहेको यो महल करिब ६ रोपनी(५ रोपनी १५ आना २ दाम) क्षेत्रफलमा फैलिएको छ।
तत्कालीन राजा खड्क शमशेरले आफ्नी रानी तेज कुमारी देवीको सम्झनामा वि.स. १९४९ यसको निर्माण गर्न लगाएका थिए। त्यसको करिब ५ वर्षपछि अर्थात वि.स. १९५४ मा यसको निर्माण पुरा भएको थियो। यो महल अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संरक्षणमा रहेको छ साथै यसको सुरक्षाको लागि सरकारले अस्थायी प्रहरी बिटको व्यवस्था गरेको छ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि खुल्ला रहने यो महल सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ। यस महलले धेरै पर्यटकीय महत्त्व बोकेको छ। अझ नेपाल जस्तो पर्यटनमा निर्भर आर्थिक व्यवस्था भएको देशमा यस्ता पर्यटकीय स्थलहरुको संरक्षण र प्रबर्द्धन गर्न आवश्यक देखिन्छ।
सुन्दर तथा कलात्मक शैलीमा निर्मित यस महलको पर्यटकीय विकासका लागि सरोकारवाला निकाय, सरकार र हामी सबैले उचित कदम चाल्न सके यसबाट मनग्गे आर्थिक आम्दानी मात्र नभई देश विदेशमा समेत नेपालको कला, पहिचान, संस्कृति आदि विस्तारमा सहयोग पुग्ने देखिन्छ।

13662603_1144157382294222_133592913_o
13702292_1144124845630809_181548430_o

13717872_1144121398964487_1926253973_o

13702522_1144123605630933_902677320_o

13694080_1144121035631190_552080848_o

13694255_1144124222297538_983768410_o

13720555_1144122802297680_474517084_o

प्रतिक्रिया दिनुहोस्