Logo

किन गर्ने बगैँचामा काम? यस्ता छन् कारण



Spread the love

आफ्नो घर वरपर फुलैफुलले भरिएको बगैँचाको दृश्य हेर्न कसलाई पो मन नपर्ला र? जुन घरमा विभिन्न रङ्गहरूका फुलहरूको बगैँचा हुन्छ l त्यस घरले प्रत्येक व्यक्तिलाई आकर्षित गर्ने गर्छ l यदि तपाइको घरमा बगैँचा छ भने घरको सुन्दरता नै फरक किसिम हुन्छ l बगैँचा एउटा त्यस्तो थलो हो l जहाँ मानिसहरू दिन बिताउन चाहन्छन् l झन् कतिपय मानिसहरू त दिनभरि नै बगैँचामा काम गरेर आफ्नो दिन कटाउने गर्छन् l तर के तपाईँलाई थाहा छ, बगैँचामा काम गर्ने बानीले रमाइलो अनुभूति दिलाउनका साथै यसले स्वास्थ्यलाई पनि धेरै फाइदा पुर्‍याउँछ ।

खुसी बढ्छ
यदि तपाईँ आफ्नो बगैँचामा केही चिज जस्तै कि फुल वा फल रोप्नु हुन्छ भने यसले तपाईँलाई फरक किसिमको आनन्द वा खुसी दिलाउने गर्छ l त्यसैले आफ्नो बगैँचामा विभिन्न किसिमको फुलहरू रोप्ने गर्नुहोस् l

बलियो दिमाग
एक अनुसन्धान अनुसार बगैँचामा काम गर्ने व्यक्तिको दिमाग बगैँचामा काम नगर्ने व्यक्तिको दिमाग भन्दा तेजिलो हुने गर्छ l बगैँचामा काम नगर्ने व्यक्तिमा बिर्सने रोग लाग्ने सम्भावना पनि छिट्टो हुन्छ । त्यसैले बगैँचामा काम गर्नु उपयुक्त मानिन्छ l

तनावबाट छुटकारा
यदि तपाईँ बगैँचामा समय बिताउनु हुन्छ भने तनाव मुक्त भई कार्यक्षमता पनि बढ्छ । बगैँचामा काम गर्नाले तपाईँको इम्युन सिस्टम पनि बलियो हुनका साथै व्यक्तिको स्ट्रेस हार्मोनको स्तर पनि कम हुन्छ । त्यसैले दिनमा केही समय बगैँचामा बिताउनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।

राम्रो व्यायाम
बगैँचामा काम गर्नाले शरीरको राम्रो व्यायाम हुन्छ । बगैँचामा काम गर्दा खन्ने, गोड्ने, सिँचाइ गर्ने जस्ता धेरै गतिविधिहरू गर्नुपर्छ । यी गतिविधिहरूले तपाईँलाई आवश्यक सम्पूर्ण व्यायाम पूरा हुन्छ । यी गतिविधिहरूले शरीरमा रक्तसञ्चार बढाउने काम पनि गर्छ । यदि तपाईँलाई जिम ध्याई राख्न अल्छी लाग्छ भने बगैँचामा काम गर्ने गर्नुहोस् l जसले गर्दा तपाईँ आफ्नो शरीर बनाउन सक्नु हुनेछ l

प्रतिक्रिया दिनुहोस्