Logo

वर्षायाममा कसरी बच्ने संक्रमणबाट? अपनाउनुहोस् यी उपाय



Spread the love

हरेक मौसमले मानिसको जीवनमा नयाँ परिवर्तन आउनका साथै यसको विशेषता पनि हुन्छ । गर्मीपछि आउने वर्षा मौसमले शीतलता प्रदान गर्नका साथै यो मौसममा पानीको एक छिट्टाले पनि बेग्लै किसिमको आनन्द प्रदान गर्छ । तर यस्तो समयमा अत्यधिक फैलने झाडापखाला, रुघा खोकी जस्ता सरुवा रोगदेखि चिसोका कारण अन्य सङ्क्रमण हुन सक्ने उत्तिकै सम्भावना बढेको हुन्छ । तसर्थ हामीले गर्न सक्ने सावधानी अपनाउन आवश्यक छ जसले गर्दा विभिन्न समस्याहरूबाट बच्न सकिन्छ । त्यसैले आउनुहोस् चर्चा गरौँ कसरी बच्ने त वर्षायाममा?

पर्याप्त पानी पिउनुहोस् :
यदि तपाईँ अविरल झरीको समयमा आफूलाई कुनै किसिमका सरुवा रोग वा महामारीबाट जोगाउन चाहनुहुन्छ भने कागती राखेर मनतातो पानी प्रशस्त पिउनुहोस् । जसले गर्दा रोग प्रतिरोधात्मक शक्ति बढ्छ र एलर्जी तथा सङ्क्रमण जस्ता समस्याबाट पनि छुटकारा मिल्छ l

जथाभावीको खाना नखानुहोस् :
सकेसम्म हामीले बाहिरको खानेकुरा खान हुँदैन l किनकि बाहिरको खानेकुरा खादा पनि हामीलाई विभिन्न रोगले ग्रसित बनाउन सक्दछ l त्यसैले जथाभावीको खानेकुरा खानु उचित रहदैन् l

लामो यात्राको योजना नबनाउनुहोस् :
यो मौसममा सकेसम्म लामो यात्रा गर्ने योजना नबनाउनुहोस् l किनकि अहिलेको मौसम भनेको पानी पर्ने मौसम हो l त्यसैले लामोको यात्रा तय नगर्नुहोस् l

छाता वा रैनकोट लिएर हिड्नुहोस :
जब तपाईँ बाहिर जानुहुन्छ तब छाता वा रैनकोट लिएर जानुहोस् l किनकि पानीको कुनै विश्वास हुँदैन र जति खेर पनि वर्षा हुन् सक्छ l त्यसैले आफै सतर्क भई बाहिर हिँड्ने क्रममा छाता वा रैनकोट लिएर मात्र हिँड्नुहोस् l

सरसफाइमा ध्यान दिनुहोस् :
हामीले यस मौसममा सरसफाइको ध्यान राख्नु जरुरी छ l त्यसैले खाना खानु अघि वा बाहिरबाट फर्केपछि साबुन पानीले हात गोडा धोएर मात्र खाने बानी बसाल्नुपर्छ l

घर छेउका खाल्डा पुर्नुहोस् :
घर नजिकै रहेका पानी जम्ने खाल्डा खुल्डी पुर्नुस् किनकि पानी जमेको ठाउँमा मलेरिया तथा डेन्गु सङ्क्रमण फैलाउने लामखुट्टे बस्ने गर्छन् । त्यस्तै घर वरपर सफा सुग्घर राख्नुस् । यसो गर्दा पहिलो लामखुट्टेको सङ्ख्यामा न्यूनीकरण गर्छ भने दोस्रो सर्पहरू पनि आउन पाउँदैनन् ।

मौसमबारे अपडेट हुनुहोस् :
मौसम परिवर्तन भइरहने हुँदा यसको अपडेटमा रहनु आवश्यक छ । यदि यस बारेमा अपडेट भएमा मौसम सम्बन्धी जानकारीले विकल्प रोजेर कार्य सम्पादन गर्न सघाउ पुर्याउँछ ।

प्रतिक्रिया दिनुहोस्