Logo

सुत्केरीको मृत्यु, चिकित्सकले लापरबाही गरेको आफन्तको आरोप



Spread the love

८ भाद्र, बाजुरा – जिल्ला अस्पताल बाजुरामा अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–७ जिल्लीकी २१ वर्षीया वसन्ती नेपालीको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

नेपालीले बच्चा जन्माउन नसक्ने भएपछि चिकित्सकद्वय दुर्गा महर्जन र टिकाराम राईले भ्याकुम प्रयोग गर्दा सुत्केरीको पाठेघरबाट अत्यधिक रगत बगेपछि उनको मृत्यु भएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा रोहित गिरीले बताए । दुई जना चिकित्सक उपचारमा खटिएको र बचाउने प्रयास गर्दा गर्दै रक्तश्राव बढी भएका कारण ज्यान गएको उनको भनाइ छ ।

लापरवाहीले ज्यान गयोः मृतकका आफन्त

चिकित्सकको लापरवाहीका कारण वसन्तीको मृत्यु भएको उनका आफन्तले आरोप लगाएका छन् । उपचारमा बेवास्ता गरेका कारण ज्यान गएको वसन्तीका आफन्त प्रकाशबहादुर नेपालीको आरोप छ । “चिकित्सकलाई पटक पटक खबर गर्दा पनि चासो देखाएनन्”, उनले भने । उनका श्रीमान् रोजगारीका सिलसिलामा कुबेतमा छन् । घरमा तीन वर्षीय छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्