Logo

पाकिस्तानी मण्डलद्वारा भारतको पटनामा अन्तर्राष्ट्रिय नगरकीर्तन



Spread the love

 

८ भाद्र, भारत – शिख धर्मावलम्वीका प्रवर्तक श्री गुरु नानक देवजी महाराजको ५५०औँ जन्मजयन्तीको अवसरमा भारतको पटनामा अन्तर्राष्ट्रिय नगरकीर्तन समारोह आयोजना गरिएको छ । पाकिस्तानबाट आएको प्रतिनिधिमण्डलसमेत पटना आइपुगेको छ ।

साउन दोस्रो साता पाकिस्तानबाट हिँडेको उक्त प्रतिनिधिमण्डल भारतका विभिन्न शहरमा कीर्तन सम्पन्न गर्दै शनिबार साँझ यहाँ आइपुगेको हो । कार्यक्रममा सहभागी हुन नेपाललगायत विभिन्न मुलुकका धर्मावलम्वी पटना पुगेका छन् । सामाजिक न्याय, समानता, भ्रातृत्व कायम गर्ने सन्देशका साथ शुरु गरिएको कीर्तनमा शान्ति, अहिंसा र मानवकल्याणका लागि क्रियाशील रहन सबैलाई आग्रह गरिएको छ ।

गुरु नानकको जन्म सन् १४६९ अप्रिल १५ कात्तिक पूर्णिमामा पाकिस्तानको लाहोर नजिकै तलबन्डी गाउँमा भएको थियो । गुरु नानकले समाजमा शान्ति, सद्भाव तथा धर्म रक्षाका लागि मार्ग दर्शन गरेको विश्वास छ । मानव कल्याणका लागि सनातन धर्मको रक्षा र सबै धर्मलाई सद्भाव राख्न प्रेरित गरेका श्री गुरु नानक सेवा प्रतिष्ठान सोध केन्द्रका अध्यक्ष जसपाल सिंहले बताए । नेपाली अनुयायीलाई अध्ययन तथा अनुसन्धानका लागि पटनाको भ्रमण गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्