हिन्दु संस्कारमा तामालाई पवित्र धातु रुपमा मानिन्छ । पुजापाठदेखि हरेक काममा तामाको भाँडाको प्रयोग गरिन्छ । तामाको भाँडोमा राखिएको पानी पिउने गर्दा स्वास्थ्यका लागि निकै लाभदायक हुनेछ ।
– तामाको भाँडामा राखेको पानी पिउनाले युरिक एसिडको समस्या कम हुन्छ र जोर्नीको दुखाइ पनि कम हुन्छ ।
-तामाको भाडामा राखेको पानीमा घुलेको तामा तत्वले शरीरमा थाइरोक्सिन हर्मोनमा नियन्त्रण गर्दछ । जसले थाइराइडको समस्या उत्पन्न हुन दिँदैन ।
– तामाको भाँडोमा राखेको पानी पिउनाले एसिडिटी तथा पेटमा धेरै ग्यास उत्पन्न हुने समस्याबाट छुटकारा मिल्दछ ।
-तामाको भाँडामा कम्तिमा पनि ८ घण्टासम्म राखेको पानी नियमित रुपमा पिउनाले रक्तअल्पता जस्ता समस्या कम हुन्छन् ।
– तामाको भाँडामा राखेको पानी पिउनाले कोलेस्ट्रोलको समस्या कम हुन्छ र मुटु स्वस्थ राख्न सहयोग पुग्दछ । त्यसैले मुटुका रोगीहरुका लागि तामाको भाँडामा राखेको पानी नियमित रुपमा पिउनु फाइदाजनक हुन्छ ।
– तामाको भाँडामा राखेको पानीमा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट पाइने हुनाले शरीरमा क्यान्सर प्रतिरोधी क्षमताको विकाश गर्नुका साथै छिटै बुढ्यौलीका लक्षण देखिने समस्या पनि कम हुन्छ ।