Logo

वल्भ्स टोरिनोमाथि रोमाञ्चक जित निकाल्दै युरोपा लिगको छनोट नजिक



Spread the love

६ भदौ, काठमाडौं । वल्भ्स युरोपा लिगको छनोटको नजिक पुगेको छ । बिहीबार राति भएको खेलमा इटालियन क्लब टोरिनोमाथि ३–२ को रोमाञ्चक जित हात पार्दै वल्भ्स युरोपा लिगको छनोट नजिक पुगेको हो ।

निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा वल्भ्सले खेलको ४३औ मिनेटमा सिल्भा नासिमेन्टोको आत्मघाति गोलबाट अग्रता लिएको थियो । ५९औ मिनेटमा डियोगो जोटाले गोल गर्दै वल्भ्सको अग्रता दोब्बर बनाए ।

लोरेन्जो डी सिल्वेस्ट्रीले ६१औ मिनेटमा गोल गर्दै टोरिनोलाई खेलमा फर्काउने संकेत देखाएका थिए । राउल जिमेनेजले ७२ औ मिनेटमा गोल गर्दै वल्भ्सलाई खेलमा ३–१ ले अघि बढाएका थिए । खेल सकिन एक मिनेट बाँकी रहँदा एन्ड्रिया बेलोटीले पेनाल्टीमा गोल गर्दै टोरिनोको हार अन्तर घटाउने प्रयास गरे पनि फर्कन निकै ढिला भईसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्