Logo

गुगलमा सबै भन्दा बढी खोजिने सलमान र सन्नी



Spread the love

साउन, काठमाडौं ।

हिमाल जि.सी.

hi

‘सुल्तान’ स्टार सलमान खान र पोर्न स्टार सन्नी लियोनी गुगलमा सबै भन्दा बढी खोजिने अभिनेता तथा अभिनेत्री भएका छन् । गुगलले हालै मात्र सर्वाधिक खोजिने ५ अभिनेता, अभिनेत्री,गायक तथा फिल्मको सूची सार्वजनिक गरेको हो ।सर्वाधिक खोजिने सूचीमा शाहरुख दोस्रो नम्बरमा परेका छन् । त्यसपछि पालैसँग अक्षय कुमार, अमिताभ बच्चन र रजनीकान्त रहेका छन् । त्यस्तै अभिनेत्रीतर्फ सन्नीसँगै कैटरिना कैफ, करिना कपुर, काजल अग्रवाल र दीपिका पादुकोण रहेका छन् ।यता सवै भन्दा बढी खोजिने चलचित्रमा भने पिके रहेको छ । त्यस्तै बाहुबली, आशिकी –२, धुम –३, र किक पनि सर्वाधिक  खोेजिने चलचित्रमा परेका छन् । सर्वाधिक खोजी गरिने निर्देशकमा भने प्रभु देवा रहेका छन् । त्यस्तै सर्वाधिक खोजिने क्लासिक कलाकारमा भने रेखाले सबैलाई उछिनेकी छिन् ।  गायकतर्फ भने ¥यापर हनी सिंहले सबैलाई उछिनेका  छन् ।

प्रतिक्रिया दिनुहोस्