Logo

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु



Spread the love

४ भदौं, काठमाडौँ l प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु भएको छ । आज बसेको बैठकमा नेता माधवकुमार नेपाल पनि सहभागी भएका छन् ।

वरियताक्रम हेरफेर गरेर चौथो स्थानमा पुर्याईएपछि असन्तुष्ट बनेका नेता नेपालले लिखित रूपमै पार्टीभित्र दर्ज गरिसकेका छन् । आज बिहान दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो l

उक्त छलफलमा नेताहरूको कार्यविभाजबारे छलफल हुनका साथै पार्टी एकताका बाँकी काम टुङ्गो लगाउने, सत्य निरूपण तथा मेलमिलाप आयोग गठन, स्वास्थ्य उपचारका लागि प्रधानमन्त्रीको भोलिदेखि हुने सिङ्गापुर भ्रमण लगायतका विषयमा अध्यक्षद्वयबीच वार्तालाप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्