Logo

साफ यू-१५ फुटबलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै



Spread the love

४ भदौ काठमाडौं । पाँचौं संस्करणको साफ १५ वर्ष मुनिको पुरुष फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज भारतको सामना गर्दैछ । खेल दिउँसो १२:१५ बाट भारतको कल्याणीमा सुरु हुनेछ।

नेपालले पहिलो खेल अन्तर्गत आयोजक भारतसँग प्रतिस्पर्धा गर्ने भएको हो। प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र भुटान रहेका छन्। दोस्रो खेल नेपालले ६ गते श्रीलंकासंग , १० गते बंगलादेशविरुद्ध तथा १२ गते भुटानविरुद्ध खेल्ने छ। नेपाली टोली

गोलकिपर: ईश्वर गुरुङ, मनोज दाहाल, जिनियस केसी

डिफेन्डर: प्रज्ञान महर्जन, अभिशेक वाइबा, प्रमिश गुरुङ, अजय चौधरी, जन लिम्बू, रोशन थापा

मिडफिल्डर: जन्मेजय धामी, निराजन मल्ल, प्रदीप लम्साल, नीतेश श्रेष्ठ, असीम राई, बिपिन तुम्सिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई

स्ट्राइकर: कृष्ण अधिकारी यादव, कृष सापकोटा, सुगन जिमी, शशांक बोहरा

प्रतिक्रिया दिनुहोस्