एक्सन स्टार निखिल उप्रेती अहिले नयाँ फिल्म ‘कमिटमेन्ट : सिक्स्टी आवर्स’को छायाँकनमा व्यस्त छन् । झण्डै ३ करोड आसपासको लगानीमा निर्माण हुन लागेको यो फिल्मलाई निखिल आफैले निर्देशन गरिरहेका छन् । सोसल मिडिया फेसबुकमा अहिले निखिल उप्रेतीले जिम गर्दै गरेको दुई फोटो सार्वजनिक भएका छन्। फोटो अपलोड गर्दै क्याप्सनमा लेखिएको छ ‘कमिटमेन्ट: सिक्स्टी आवर्स’ को तयारी ।
सधै एकै प्रकारको भूमिका र एक्सनमा सिमित निखिल फिल्म कमिटमेन्ट: सिक्स्टी आवर्समा भने फरक अवतारमा देखिन लागेका छन्। यस फिल्मलाई निखिल आफैले निर्देशन पनि गर्दै छन्। लगातार एकपछि अर्को फिल्म असफल हुँदा आफ्नो स्टारडम जोगाउने दौडमा रहेका निखिलले ‘कमिटमेन्ट’का लागि भने निकै मिहिनेत गरेको देख्न सकिन्छ ।
निखिलले यस अघि फिल्म भैरव निर्देशन गरिसकेका छन्। फिल्ममा निखिलका अलावा बलिउडका चर्चित कलाकारहरु रञ्जित, सयाजी शिंदे, अनन्त जोग, अली जाफर, लगायतको अभिनय छ। निखिलले यसै फिल्मबाट आफ्नो साली अर्थात नायिका सञ्चिता लुइटेलकी बहिनी सिवानी लुइटेललाइ पनि फिल्ममा डेब्यु गराउदै छन्। फिल्ममा सिवानी निखिलको अपोजिटमा अभिनय गर्दै छिन् ।
प्रतिक्रिया दिनुहोस्