Logo

एसेज शृंखलाअन्तर्गतकाे तेस्राे टेस्ट स्मिथले गुमाउने



Spread the love

३ भदौ, काठमाडौं । तेस्रो टेस्टबाट अस्ट्रेलियाका स्टिभ स्मिथ बाहिर भएका छन् । दोस्रो टेस्टका बेला घाइते भएको हुनाले तेस्रो टेस्ट गुमाउने भएका हुन् । एसेज शृंखलाअन्तर्गत दोस्रो टेस्टमा इंग्ल्याण्डका जोफ्रा आर्चरको बलमा स्मिथ घाइते भएका थिए ।

स्मिथ खेलिरहेका बेला आर्चरले फालेको बाउन्सर बलले गर्धनमा लागेको थियो । फिजियोले चोट बढी भएपश्चात मैदानमा ढलेका स्मिथलाई मैदान बाहिर लगेका थिए ।

स्मिथले पहिलो टेस्टमा पहिलो र दोस्रो दुवैमा शताकिय पारी खेलेका थिए । उत्कृष्ट फर्ममा रहेका उनि बाहिरिएसंगै अस्ट्रेलियालाई भने ठूलो झड्का लागेको छ ।

प्रतिक्रिया दिनुहोस्