Logo

काँचो लसुन भन्दा भुटेको लसुन खादा बढी फाइदा



Spread the love

लसुन हामीले भान्सामा दैनिक प्रयोग गर्दै आएको चिज हो । लसुनको प्रयोगले खानेकुराको स्वादलाई बढाउँछ । स्वास्थको लागि निकै फाइदाजनक रहेको लसुन काँचो भन्दा बढी भुटेको खानुमा धेरै फाइदा हुने विज्ञहरुको भनाइ रहेको छ । विशेष गरेर भुटेको लसुन पुरुषहरुको लागि लाभदायक रहेको हुन्छ । यस्ता छन् भुटेका लसुन खानुका फाइदाहरु :

-अधिक स्टामिना

 भुटेको लसुनमा लिसिन हुने हुँदा त्यसले शरिरमा रक्त कोसिकाको चापलाई नियन्त्रण गर्छ ।

-दाँतको दुखाई कम

यदि तपाईलाई दाँत दुखेर हैरान भएको छ भने त्यस्तो बेलो भुटेको लसुन पिसेर दातमा राख्दा केही राहत पाउन सकिन्छ ।

-हर्मोन ब्यालेन्स 

लसुनमा भएको ऐलिपिसनले पुरुष हर्मोनलाई नियन्त्रणमा राख्छ ।

-पेटको रोग बाट टाढा

भुटेको लसुनले पेटसम्बन्धी रोगहरुलाई टाढा राख्छ । हरेक दिन भुटेको लसुन खाँदा पेटमा भएका सबै रोगहरुलाई टाढा राख्छ ।

-रोग प्रतिरोधक क्षमता 

भुटेको लसुनले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । यसमा हुने एन्टि ब्याक्टेरियल तत्वले चिसोबाट मात्र नभइ थकानलाई पनि भगाउँछ ।
भुटेको लसुनलाई यसरी पनि खान सकिन्छ

भुटेको लसुन महमा मिलाएर खानुहोस्

सूप बनाउने क्रममा लसुन मिलाएर खाने

हरियो धनियाँको चट्नी बनाउने क्रममा लसुनलाई मिक्स गरेर पनि खान सकिन्छ

लसुन र महको बारेमा जानकारी नहुने सायदै होलान् । लसुनले शरीरका अनेक विकारलाई शुद्धीकरण गरेर अनेक खाले इन्फेक्सन कम गर्नसमेत सहयोग गरिरहेको हुन्छ । जसले मानिसको पाचनक्रियालाई समेत फाइदा पुर्‍याइरहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्