Logo

युभेन्टसका मुख्य प्रशिक्षक माउरिजियो सार्री निमोनियाबाट ग्रसित



Spread the love

३ भदौ, काठमाडौं । युभेन्टसका प्रशिक्षक माउरिजियो सार्री निमोनियाबाट ग्रस्त भएका छन् । ६० वर्षीय सार्रीलाई विस्तृत जाँचपश्चात निमोनिया भएको पत्ता लागेको हो ।

सोमबार विहानसम्म पनि क्लबमा रहेका थिए । उनी त्यसअघिको ट्रीएस्टिनाविरुद्ध भएको मैत्रीपूर्ण खेलमा उपस्थित हुन सकेका थिएनन्। सुरुमा फ्लु ठानिएको संक्रमण निमोनिया रहेको खुलेको हो । अहिले सार्रीको उपचार भईरहेको रहेको युभेन्टसले जनाएको छ ।

उनि अब शनिबार हुने लिगको सुरुवाती खेलमा उपस्थित हुने नहुने बारे पक्का रहेको छैन । युभेन्टसले लिगको पहिलो खेलमा पार्माको सामना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्