गाउँघर तिर भुटेको मकै निकै प्रख्यात छ । सहर बजारमा भने भुटेको मकै त्यति प्रख्यात छैन । सहर बजारका कतिपयलाई त भुटेको मकैको स्वाद पनि थाहा नहोला ।
गाउँघरमा भुटेको मकै खाजको रुपमा लिने गर्छन् जुन स्वास्थ्यका लागि पनि निक्कै फलदायी हुन्छ । अहिले सहरिया जीवन पनि भुटेको मकैमा लोभिने गरेको छ ।
घरमै भुटेको मकै भन्दा बाहिरको पपकर्न अस्वस्थकर हुने विशेषज्ञहरु बताउँछन् । मकैमा लसुन र मरिचको धुलो हालेर खाँदा मुटु बलियो हुने पनि विशेषज्ञहरुको राय छ ।
भुटेको मकैमा धेरै मात्रामा फाइबर, पोलिफेनोलिक कम्पाउन्ड, एन्टिअक्सिडेन्ट, भिटामिन बी कम्प्लेक्स, म्यागनिज र म्यागनेसियम जस्ता प्रभावशाली तत्वहरु पाइन्छन् । भुटेको मकैबाट स्वास्थ्यमा हुने फाइदाहरु :
कोलस्ट्रोल कम गर्ने
भुटेको मकैमा प्रशस्त फाइबर हुन्छ जसले अत्यधिक कोलस्ट्रोललाई घटाएर रगतका धमनीहरुलाई फराकिलो बनाउँछ ।
क्यान्सरबाट बचाउँछ
भुटेको मकैमा धेरै मात्रामा पोलिफेनोलिक यौगिक हुन्छ जुन सबेभन्दा शक्तिशाली एन्टिअक्सिडेन्ट हो । यसको शरीरमा निकै आवश्यकता पर्छ । एन्टिअक्सिडेन्टले क्यान्सर पैदा गर्ने फ्रि रेडिकल्सबाट मुक्ति दिलाउँछ ।
बुढ्यौली रोक्छ
भुटेको मकै खानाले बुढेसकाल लागेसँग अनुहारमा आउने चाउरी, अन्धोपन, मांशपेशीहरुको कमजोरी, कपाल झर्ने समस्या आदि सबै हटेर जान्छ ।
मोटोपना घटाउँछ
भुटेको मकैमा केवल ३० क्यालोरी मात्रै प्राप्त हुन्छ जुन आलूको चिप्सको समान मात्राभन्दा लगभग ५ गुणा कम हो ।
हड्डी मजबुत बनाउँछ
भुटेको मकैमा म्यागनिज पर्याप्त मात्रामा पाइन्छ जसले हड्डीलाई मजबुत बनाउन सहयोग गर्छ ।
आइरनको प्रचुरता
भुटेको मकै पर्याप्त खाने हो भने आइरनको गोली खाइरहनु पर्दैन ।
मधुमेहका रोगीलाई लाभकारी
भुटेको मकैमा फाइबर हुन्छ जसले शरीरभित्र ब्लड सुगरमा राम्रो प्रभाव पार्छ । जब शरीरमा पर्याप्त फाइबर हुन्छ, यसले ब्लड सुगर र इन्सुलिनको स्तरलाई नियमित गर्छ ।