Logo

पत्थरी देखि क्यान्सरसम्मको समाधानको लागि बेथुको सागको सेवन आवश्यक



Spread the love

कतै बेथु, कतै बेथे भनिने गाउँघरमा जतासुकै पाइने सागलाई चौलाई, विषदन पनि भनिन्छ । विशेषगरी गाउँघरमा बेथुलाई मानिसहरु तरकारी खान उपयोग गर्छन र त्यसको दाना संकलन गरेर पिठो बनाइ एरि खाने चलन पनि छ ।

तर त्यही हाम्रो गाउँघरका खेतवारी, बाटा वरिपरि पाइने बेथुको अनेकौ औषधीय गुण हुन्छ भन्ने चाहि कमैलाई थाहा हुनसक्छ ।यसले खोकी लाग्ने समस्या र पित्त दोषको नाश गर्छ र रक्त विकार हटाउँछ ।

पेट र कब्जियतका लागि बेथुको तरकारी एकदमै उत्तम मानिन्छ । बेथुको तरकारी नियमित सेवन गरेमा वाथ (युरिक एसिड), रगत र छाला विमार हट्छ । यसको डाठ र पातमा पौष्टिक तत्वहरुको प्रचुर मात्रा पाइन्छ । पेट र कब्जियतका लागि चौलाई एकदमै उत्तम मानिन्छ ।

बेथुमा कार्बाेहाइड्रेट, प्रोटिन, क्याल्सियम र भिटामिन ए, मिनिरल्स र आइरन प्रचुर मात्रामा पाइन्छ । यसमा सोना धातु पनि पाइन्छ जो कुनै अन्य सागसब्जीमा पाइँदैन ।

-पत्थरी

एक गिलास काँचो बेथेको रसमा सख्खर मिसाएर दैनिक पिउने गर्नुहोस्, पथ्थरी गलेर झर्छ ।

-जोर्नी दुख्ने 

बेथेको १० ग्राम दानालाई करिव दुई मिलीलीटर पानीमा उमाल्नुहोस् । ५० मिलीलीटर रहुन्जेल उमालेपछि ताततातै पिउँनुहोस् । यस्तो एक महिनासम्म विहान–बेलुका पिउनुहोस्, जोर्नी दुखाईबाट तपाईलाई राहत मिल्छ ।

-कब्जियत 

बेथेले पेटलाई ताकत दिन्छ र कब्जियत हुन दिँदैन । यसले पेटलाई सफा गर्छ ।

-पेटसम्बन्धी रोग 

जहिलेसम्म बेथेको साग पाईन्छ, खाने गर्नुहोस् । बेथेलाई पानीमा उमालेर पिउनुहोस् । यसले पेटका हरेक प्रकारका रोगलाई पनि ठिक गर्छ ।

-छालासम्बन्धी रोग 

बेथेलाई उमालेर निचोरेर रस पिउनुहोस् र सागलाई सब्जी बनाएर खानुहोस् । २ कप बेथेको पात पिसेर बनाएको रसमा आधा कप तेल मिसाएर हल्का तताउनुहोस् । जब पानी सुकेर तेलमात्र रहन्छ, त्यसलाई छानेर एक सफा सिसाको बट्टामा राख्नुहोस् ।त्यसलाई छालामा दैनिक लगाउने गर्नुहोस् । लामो समय लगाइराख्ने गर्नु भएमा छालाका दाग, दाद, चिलाउने, कुष्ठरोग आदि रोग टाढा भाग्छ ।

-अनियमित महिनावरी 

दुई चम्चा बेथेको दाना एक गिलास पानीमा उमाल्नुहोस् । पानी आधा सुकेपछि छानेर पिउँनाले रोकिएको महिनावारी खुल्छ ।

प्रतिक्रिया दिनुहोस्