Logo

फिलिप काउटिन्होलाई बायर्न म्युनिखमा १० नम्बरको जर्सी



Spread the love

२ भदौ, काठमाडौं । लोनमा बार्सिलोनाबाट बायर्न म्युनिख पुगेका फिलिप काउटिन्होले १० नम्बरको जर्सी लगाउने भएका छन् । सोमबार उनको ट्रान्सफर प्रक्रिया पुरा भएसंगै बार्यनले १० नम्बरको जर्सी हस्तान्तरण गरेको हो ।

एक सिजनको लोनमा उनी जर्मन च्याम्पियनमा आवद्ध भएका छन् । अहिले भने उनले लोन फि मात्र ८.५ मिलियन पाउण्ड र २७ वर्षीय फुटबलरको पुरा तलब पाउनेछन् ।

२०१८ को विन्टर ट्रान्सफरमा लिभरपुलबाट काउटिन्हो बार्सिलोना पुगेका थिए । तर त्यहाँ उनको प्रदर्शन भने सोचेअनुरुपको हुन सकेन ।

उनले बार्यन म्युनिखको वेबसाइटमा भनेका छन्, ‘मेरो लागि यो ट्रान्सफर नयाँ चुनौती हो । म यसका लागि तयार रहेको छु ।’

प्रतिक्रिया दिनुहोस्