Logo

नियमित स्याउ सेवन गरौँ पत्थरीबाट छुटकारा पाऊ



Spread the love

हाम्रो स्वास्थ्यको लागि स्याउ एकदम गुणकारी छ। हाम्रो शरीरको लागि आवश्यक पर्ने विभिन्न पोषक तत्व स्याउमा पनि रहेको हुन्छ । भनाई नै छ, दिनहुँ एउटा स्याउ खानुपर्छ, डाक्टर आवश्यक पर्दैन । अर्थात रोग नै लाग्दैन । स्याउ, सदाबहार फल हो । यो सजिलै उपलब्ध हुन्छ ।

स्याउमा भिटामिन, पोटासियम, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस ,आइरन प्रोटिन लगायतका विभिन्न पोषक तत्व पाइन्छ । जसले हामीलाई डायविटिज, क्यान्सर लगायत विभिन्न रोगबाट बचाउने क्षमता राख्छ ।

-दाँत मजबुत 

ब्रस गर्दा पनि दाँत चम्किलो हुँदैन भने दैनिक स्याउ मजाले चपाएर खादा दाँतमा चमक आउने छ ।

-एनिमियाको बिरामीलाई फाईदा 

निमिया रोगको कारण शरिरमा रगतको मात्रा कमी भएर आउँछ र हेमोग्लोविनको मात्रा घट्छ । त्यसको लागि स्याउ खानु अति उत्तम हुन्छ ।

-क्यान्सरको खतरा मुक्त 

स्याउकाे नियमित सेवन गर्दा पेट तथा स्तनको क्यान्सर हुनबाट बचाउँछ । स्याउले मानिसको शरिरमा रोगसंग लड्ने कोशिकामा तागत प्रदान गर्छ ।

-कोलेस्ट्रोल कम

स्याउमा पाईने फाइबरले कोलेस्ट्रोलको मात्रा कम गराउँछ । यसका साथै नियमित स्याउ खाने हो भने डायविटिज हुने सम्भावना पनि २८ प्रतिशतले कमी भएर आउने छ ।

-तौल सन्तुलित

शरीरको तौल हरदम फिट राख्न चाहनुहुन्छ भने नियमित स्याउ सेवन गर्नुहोस् । स्याउ नियमित सेवन गर्दा तपाईको पाचन प्रणालीलाई सही राख्छ ।

-पत्थरी कब्जियतबाट बचाउँछ

नियमित स्याउ खानाले पत्थरी हुन सक्दैन । त्यसैगरी नियमित स्याउको सेवनले कब्जियतको समस्या पनि आउँदैन ।

-सुन्दर बनाउँछ

 नियमित स्याउ सेवनले अनुहारमा भएका कालो धव्वाह पनि हराएर जान्छ र अनुहार सुन्दर देखिन्छ ।

– रोेगप्रतिरोधात्मक क्षमता 

स्याउमा पाइने क्यूएरसेटिन नामक एन्टी अक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्