सबै मानिसहरूको लागी प्रिय चिज भनेकै निन्द्रा हो l दिनभरिको थकाई मेट्न वा आराम गर्नका लागि मानिसहरू सुत्ने गर्छन् l जसले गर्दा मानिसहरूले आराम भएको महसुस गर्ने गर्छन् l तर कहिले काहीँ नराम्रो सपना देखेर मानिसहरू झस्कने गर्छौँ l जसले गर्दा उनीहरूको निन्द्रा भागेर जान्छ l त्यसैले जब तपाईँ नराम्रो सपना देख्नु हुन्छ तब अपनाउने गर्नुहोस् यी उपाय जसले नराम्रो सपना देख्नबाट छुटकारा दिलाउँदछ l
- यदि तपाईँ खराब सपना देख्नु भएको छ भने बिहानै उठेर स्नान गरी भगवानको प्रार्थना स्मरण र यथाशक्य दान गर्नुहोस् l जसलाई गर्दा तपाइको नराम्रो सपना नष्ट हुन् जान्छ l
- जब तपाईँ नराम्रो सपना देखेर झस्कनु हुन्छ तब भगवान् बिष्णुको आठ नामहरूलाई जप्नुहोस् l जसले गर्दा नराम्रो सपनाको प्रभाव हटेर जान्छ l अच्युतं, केशवं, बिष्णुं, हरि सत्यं जनार्दनमां। हंसं, नारायणञ्चैव एतन्नामाठटकं शुभम ।।
- यदि तपाईँले खराब सपना देख्न भएको छ भने यी मन्त्रलाई करिब दस पटक भन्नुहोस् l जसले गर्दा फेरी पनि नराम्रो सपना देखिँदैन l ॐ हीं त्रीं पूर्व दुर्गतिनाशिन्यैमहामायायै स्वाहा।
- अत्यन्तै अशुभ सपना देखे निम्न श्लोक तीन पटक वा यथाशक्य जप गरे खराब सपनाको फल नष्ट हुन्छ । विष्णु नारायणं कृष्णं: माधवं मधुसुदनमं हरि नरहरि राम गोविन्द दधिवामनमं ।।
- यदि तपाईँ नराम्रो सपना देखेर उठ्नु हुन्छ र फेरी सुत्नु भयो भने पनि सो सपनाको कुनै अस्तित्व रहदैन् l खराब सपना नष्ट भएर जाने गर्छ l
प्रतिक्रिया दिनुहोस्