आलु भन्नाले एक किसिमको तरकारी हो l जुन मिलनसार छ l सबै तरकारीसंग मिसाउन सकिन्छ l तर हामी आलुको मात्र प्रयोग गर्ने गर्छौं न कि त्यसको बोक्राको l त्यसैले हामीले आलु तासेर त्यसको बोक्रालाई फ्याल्ने गर्छौं l तर हामीले आलुसंगै त्यसको बोक्राको पनि प्रयोग गर्नुपर्छ l किनकी त्यसको बोक्राले पनि हामीलाई धरै कुरामा फाइदा पुर्याउने गर्दछ l आउनुहोस् चर्चा गरौं आलुको बोक्रा प्रयोग गर्दा हुने फाइदाबारे l
डार्क सर्कललाई टाढै राख्छ :
यदी तपाइको आँखा मुनी कालो घेरा बनेको छ वा घामले छाला ढडेको छ भने आलुको बोक्रलाई पिनेर त्यसको रस निकालेर अनुहारमा निरन्तर लगाउनुहोस् । जसले कालोपना बिस्तारै कम हुँदै जान्छ ।
ऊर्जाले भरिएको हुन्छ :
आलुको बोक्रामा क्याल्शियम र भिटामिन कम्प्लेक्स अत्यधिक मात्रामा पाइन्छ । जसले हड्डी बलियो बनाउनका साथै शरीरले ऊर्जा पनि पाउँछ ।
पाचन क्रिया बलियो बनाउँछ :
यस मिलनसार तरकारीमा अत्यधिक फाइबर हुन्छ त्यसैले यसले पाचन क्रियालाई चुस्त राख्न सहयोग गर्छन । यसमा फाइबर अत्यधिक मात्रा भएकाले कब्जियत आदिबाट पनि जोगाउँछ ।
रक्तचाप नियन्त्रणमा राख्छ :
यसमा पोटाशियम अत्यधिक मात्रामा पाइन्छ र यो भिटामिन सीले पनि भरिपूर्ण हुन्छ । त्यसैले यसले रक्तचापलाई पनि नियन्त्रण राख्छ ।
तौल नियन्त्रणमा रहन्छ :
यदी तपाई आफ्नो तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने आलुसंगै यसको बोक्राको पनि प्रयोग गर्ने बानी बसाल्नुहोस् l जसले तपाइको वजन नियन्त्रणमा रहन्छ l
कपाललाई कालो बनाउँछ :
यदि तपाईंको कपाल फुलिरहेको छ भने तपाईं एक कचौरा आलुको बोक्रालाई आधा लिटर पानीमा उमाल्नुहोस् । जब पानी एक वा दुई चम्चा हुन्छ तब यसलाई कपालमा लगाउनुहोस् । पटकपटक यस्तो गर्दा तपाईंको कपाल कालो हुँदै जान्छ ।