Logo

रियल सिजनको पहिलो खेल खेल्दै



Spread the love

३२ साउन, काठमाडौं । स्पेनिस महारथी रियल मड्रिड घरेलु लिगको पहिलो खेल खेल्दैछ । ला लिगा फुटबल अन्तर्गत रियलले सिजनको पहिलो खेलमा आज सेल्टा भिगोको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।

सिजनको पहिलो खेलमा भने रियल सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ । यता सेल्टा भिगो घरेलु मैदानको फाइदा उठाउँदै रियललाई पराजित गर्ने रणनीतिमा हुनेछ ।

रियलको पहिलो खेलमा भने स्टार खेलाडी इडेन हजार्ड खेल्ने छैनन् । हजार्ड चोटका कारण तीन साता मैदान बाहिर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्