- हरिहर बुढाथोकी (बिन्दु माईला)
समय
हिजोको दिन अर्कै थियो जुन दिनमा म हाँसिरहन्थे
हिजोको दिनमा तागत थियो उकालीमा पनि दौडिरहन्थे !!
हरेस, निराश नखानु भन्दै अरूलाई अर्ती दिन्थ्ये
के रात के दिन एकै नाश सम्झन्थ्ये !!
हावाले पात हलाउँदा हासेझै लग्दथ्यो
हुरीको सुसाउट्लाई गीत गाए झै लग्दथ्यो !!
खोलामा बाढी आउँदा जम्प गरी तरु झैँ लाग्थ्यो
आफ्नो शरीर आफै हेरी मनमा खुसी छाउँदथ्यो ! !
जस्तो ठाउँमा सुते पनि क्या मिठो निद्रा लग्दथ्यो
खुट्टो , पिरो, तितो जे खाएपनि आरामले पच्दथ्यो !!
दु:ख पीडा कहिल्यै पर्यो भने मनले सोच्दैनथ्यो
हेर्दा हेर्दा आज यहाँ ठ्याक्कै उल्टो पो बनी दियो !!
भएन भनेको पुगेन आँटेको हासु म कसरी
शरीर रोगी भयो, मनमा पिर भयो दिन काट्ने कसरी !!
अमिलो खादा पेट दुख्छ पिरो खादा पोल्छ
मीठो खाने राम्रो लाउने कमाई नभई कहाँ हुन्छ !!
घट्दै छ शरीर बस्दैछन आँखा झर्दैछन हातहरू
छोडदैछ दिनले बोलउदै छ रातले दिन सम्झी के गरु !!
हाँस्न खोज्छु म त तर आउँछ आँसु
हिजोको दिनमा मैले केही कुराको कमी गरेछु !!
त्यसैको परिणाम आज मैले भोगी रहेछु।
त्यसैको परिणाम आज मैले भोगी रहेछु !!