Logo

बहुउपयोगी सिस्नो कसरी सेवन गर्दा स्वादिलो र स्वस्थ्यकर ?



Spread the love

प्राय: सिस्नो कमैको भान्सामा पाक्ने गर्छ । हामी सिस्नो भन्नसाथ ‘दुःखको खाना’ भन्ने बुज्ने गर्छौ । सिस्नो हाम्रोे पाखापखेरुमा जताततै पाइन्छ । सस्तो अनि सुलभ । त्यसमाथि अहिले हामीले खाने खाना जसरी विषाक्त हुँदै गएको छ,सिस्नो मा त्यो भय छैन ।

यसको पात मात्र नभएर यसको जरासमेत उपयोगी छ । सिस्नो स्वादिष्ट त हुन्छ नै पोषणले पनि भरिपूर्ण हुन्न्छ । तर, हाम्रो गाउँघर, वनपाखामा सजिलै पाइने सिस्नुलाई भने हामीले हेला गरिरहेका छौं ।

सिस्नो खाने तरिका

– सिस्तोलाई पखाली उम्लेको तातो पानीमा राखी घोटेर पकाउने प्रचलन छ । विशेष गरि यसमा नुन, खुर्सानी, टिमुरको धुलो, लसुन, मकैको च्याख्ला राखेमा पकाइन्छ ।

– सिस्नुको चिया पनि त्यतिकै प्रचलित छ । यसलाई निकै स्वास्थ्यवर्द्धक पनि मानिन्छ ।

– सहजताका लागि अहिले सुपर मार्केटमा सिस्नोको पाउडर पनि उपलब्ध छ । यसलाई सुप या तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ ।

– सिस्नोको फुलको सुप बनाएर पनि प्रयोग गर्न सकिन्छ । यसलाई भात या मकैको च्याख्लासँग सेवन गर्दा निकै स्वादिष्ट हुन्छ ।

औषधीय गुण

– सिस्नोले मुटु सम्बन्धी समस्यालाई निको पार्नुका साथै मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ ।

– सीस्नो गर्भबती तथा सुत्केरी महिलाहरुका लागि सिस्नो अति फाइदाजनक मानिन्छ ।

– तपाईमा उच्च रक्तचापको समस्या छ भने पनि सिस्नोको सेवन गर्दा हुन्छ ।

– यसले अनुहार चम्किलो बनाउनुका साथै दाग हटाउनको लागि पनि मदत पुर्‍याउँछ।

– यसले कपाल सिल्की बनाउन मदत गर्छने कपाल र्झनबाट रोक्ने काम गर्छ ।

– शरीरमा भएका विभिन्न एलर्जीको समस्या समाधानमा पनि सिस्नोले मदत पुर्‍याउने गर्छ ।

बहुउपयोगी सिस्नो

– यो मानिसको लागि मात्र नभई जनावरका लागि पनि स्वस्थकर मानिने अनुसन्धानले देखाएको छ ।

-गाई भैसीलाई सिस्नो खुवाउदा निरोगी हुनुको साथै दुध पनि बढी दिने गर्छ ।

– सिस्नोको फुल र जरा कुखुरालाई खुवाएर आण्डा उत्पादनलाई बढाउन सकिन्छ ।
– यसको जरा औषधीको रुपमा प्रयोग गरिन्छ ।

– सिस्नोबाट क्याल्सीयम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्वोहाइड्रेट, फाइवर, फस्फोरस र फलामजस्ता तत्व पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्