Logo

यस्ता छन् राजमा खानुका फाइदै फाइदा



Spread the love

राजमा सजिलै पकाउन सकिने र खादा स्वादिलो हुने मात्र नभएर स्वास्थ्यको हिसाबले उत्तिकै गुणी खानेकुरा पनि हो । राजमामा आइरन तथा भिटामिन भरिपूर्ण मात्रामा हुने भएकोले सम्पूर्ण शरीरलाई पोषण प्रदान गर्छ । साथै, यसमा रहेको एन्टीएजिङ तत्वले उमेरको प्रभाव कम गर्नुका साथै अनुहारलाई सुन्दर देखाउँछ ।

राजमामा पाइने भिटामिन ‘ए’ले अनुहारलाई जवान राख्छ । यसले उमेर सम्बन्धि समस्यालाई पनि कम गर्छ । नियमित रुपमा यसको सेवनले आफै बदलाव महसुस गर्न सकिन्छ ।

विभिन्न औषधीमा प्रयोग हुन्छ

रुमेटिक आर्थराइटिस तथा पिशाब सम्बन्धि समस्याको औषधी बनाउन राजमाको प्रयोग हुन्छ । राजमामा पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट तत्व हुन्छ । शरीरको कोशिकाको मर्मतका लागि एन्टीअक्सिडेन्ट राम्रो मानिन्छ ।

क्यान्सरबाट बचाउँछ

राजमामा फ्लेवोनाइड्सको साथमा केम्पफ्रेल र क्युरेस्टिन हुन्छ जसले क्यान्सरको कोशिकालाई बढ्नबाट रोक्छ । सातामा तीन देखि चार पटक राजमाको सेवनले महिलालाई स्तन क्यान्सरको समस्या हुनबाट बचाउँछ ।

गर्भावस्थामा लाभदायक

गर्भावस्थामा राजमाको सेवनले गर्भमा रहेको शिशुको मुटुको विकास सही तरिकाले हुन्छ ।

महिनावारी सम्बन्धि समस्या

नियमित रुपमा यसको सेवनले महिलाका महिनावारीका क्रममा हुने समस्याबाट राहत मिल्छ । रजनोवृत्तिको समयमा महिलाहरुलाई राजमा निकै जरुरी हुन्छ ।

मधुमेह
यसको सेवनले रगतमा चिनीको मात्रा बढ्दैन । बरु यसमा रहेको फाइबरले रगतमा चिनीको मात्रालाई स्थिर राख्न मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्