Logo

त्रिकोणात्मक सिरिजमा ओमानको लगातार जित



Spread the love

३१ साउन, काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान,पप्पुवा न्युगिनी र स्कटल्यान्डबीच त्रिकोणात्मक सिरिज चलिरहेको छ ।

ओमानले स्कटल्यान्डमाथि ८ विकेटको जित हात पारेको छ । स्कटल्यान्डले दिएको १ सय ६९ रनको विजयी लक्ष्य ओमानले ४५.१ ओभरमा २ विकेट गुमाउँदै भेटायो ।

ओमानको जितमा अलीले १ सय ४० बलको सामना गर्दै ७९ रनमा अविजित रहँदै जित पक्का गरे । त्यस्तै युवा खेलाडी अकिव इलियास ९२ बलमा ६१ र जितेन्द्र सिंह १९ रनमा आउट भए । स्कटल्यान्डका लागि मार्क वाट्ट र अदिन्द निल्लीले समान १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४४.४ ओभरमा सबै विकेटको क्षतिमा १६८ रन मात्रै बनाएको थियो । स्कटल्यान्डका लागि कप्तान कायल कोएटजरले ५६, क्राइग वालेन्सले ३६ र माथेव क्रसले ३३ रन बनाए ।

बलिङतर्फ खवार अलीले ९ ओभर बलिङ गर्दै २३ रन खर्चिएर चार विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्