Logo

ला लिगा : साविक विजेता बार्सिलोना आज विल्बाओविरुद्ध उत्रदै



Spread the love

३१ साउन, काठमाडौं । आजदेखि स्पेनिस ला लिगाको नयाँ सिजन सुरु हुँदैछ । आज राति लिगको उद्घाटन खेलमा साविक विजेता बार्सिलोनाले एथ्लेटिक बिल्बाओको सामना गर्दैछ । बिल्बाओको मैदानमा खेल नेपाली समय अनुसार राति पौने एक बाट सुरु हुनेछ ।

बार्सिलोना जित निकाल्ने रणनीतिमा रहेको छ भने विल्बाओ पनि बलियो बार्सिलोनालाई पराजित गर्दै सुखद सुरुवात गर्ने तयारीमा रहेको छ । यस खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीको उपस्थीति भने रहने छैन । प्रशिक्षक भाल्भर्डेले मेस्सीलाई खेलाएर बार्सिलोनाले जोखिम नमोल्ने स्पस्ट पारेका छन् ।

बार्सिलोनाले यसै सिजन एन्टोइन ग्रीजम्यान, डि जोङ, जुनियर फिर्पो जस्ता खेलाडीलाई अनुबन्ध गरेको छ । यता बिल्बाओ युवा खेलाडीको जोसमा ला लिगामा उत्कृष्ट नतिजा निकाल्ने लक्ष्यमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्