घरपरिवारमा बास्तु दोष भयो भने आर्थिक संकटसम्बन्धी समस्याहरु आउने गर्दछ । त्यतिमात्र होइन पारिवारीक माहोल पनि बिग्रिने हुनाले सधैँ असफल हुने कारण पनि बन्न सक्छ ।
बास्तुको अनुसार घरमा टुटेफुटेका सामान राख्दा नकारात्मक उर्जा पैदा हुन्छ । यति मात्र नभएर घरमा भएका अनावश्यक टुटेका फुटेका सामानले मानसिक तनाव समेत पैदा गर्छ:
भाँडाकुँडा
भान्साकोठामा पुराना भइसकेका र टुटेफुटेका भाँडाकुँडा राख्दा महालक्ष्मी अप्रसन्न हुने र घरमा दरिद्रताका साथसाथै आर्थिक नोक्सानी व्यहोर्नु पर्छ ।
घडी
बास्तुको अनुसार घरमा नचल्ने घडी घरमा राख्नु अशुभ मानिन्छ । यसले परिवारको सदस्यको उन्नति हुन रोक्छ ।
ऐना
फुटेको, चर्केको वा ऐनाको टुक्रा बास्तुको अनुसार एकदमै ठूलो दोष हो ।
खाट / पलङ
यदि तपाईंको वैवाहिक जीवन सधैँ सुखद बनाउँन चाहानुहुन्छ भने घरमा भएको पलङ वा खाट भाँचिएको हुनुहुँदैन ।
तस्बिर
घरमा राखिएको तस्बिरका फ्रेम पनि फुटेको वा चर्किएको छ भने तुरुन्तै हटाइदिनुपर्छ ।
ढोका
घरभित्र छिर्ने ढोका वा गेट टुटेको छ भने अशुभ मानिन्छ ।
फर्निचर
बास्तुको अनुसार घरमा टुटेफुटेका फर्निचर राख्दा अशान्ति फैलन्छ ।