Logo

क्रिस्टियानो रोनाल्डोले प्रि–सिजनको अन्तिम खेल गुमाउने



Spread the love

३० साउन, काठमाडौं । प्रि–सिजन अन्तर्गतको अन्तिम खेल क्रिस्टियानो रोनाल्डोले गुमाउने भएका छन् । बुधबार भिल्लार पिरोसामा हुने प्रि–सिजन अन्तर्गतको अन्तिम खेलमा रोनाल्डो उपस्थिति रहने छैन ।

अन्तिम तयारी स्वरुप युभेन्ट्सले अभ्यास खेल खेल्दैछ । अगष्ट २४ मा युभेन्ट्सले पर्माविरुद्व खेल्दै सिरि एको सुरुवात गर्नेछ । चोटका कारण रोनाल्डो उक्त अभ्यास खेलमा सहभागी हुने छैन । रोनाल्डोको चोटलाई निकै सुष्म रुपमा हेरिएको क्लबले जनाएको छ ।

सर्री नेतृत्वमा युभेन्ट्स लगातार नवौं पटक सिरि एको उपाधिसंगै च्याम्पियन्स लिगको उपाधि जित्ने रणनीतिमा रहेको छ । युभेन्ट्सले नयाँ सिजन आयाक्सबाट म्याथिज डी लिग्ट, म्यानचेष्टर सिटीबाट ड्यानिलो र फ्रान्सेली क्लब पीएसजीबाट जियालुईगी बुफोनलाई क्लबमा अनुबन्धन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्