३० साउन, काठमाडौं । रियल म्याड्रिड र बार्सिलोनाले नेयमारलाई अनुबन्ध गर्नका लागि राखेको प्रस्ताव पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अस्विकार गरेको छ ।
नेयमारका लागि बार्सिलोनाले पीएसजीसामु फिलिपे कोउटिन्हो र १ सय मिलियन युरोको प्रस्ताव राखेको थियो । पीएसजीले उक्त प्रस्तावलाई सहजै अस्विकार गरेको छ ।
यता रियल म्याड्रिडले बेल र हामेस रोड्रीग्वेज सहित केहि रकम थपेर गरेको प्रस्तावलाई पनि पीएसजीले अस्विकार गर्यो । पीएसजीले बार्सिलोना र रियलमध्य म्याड्रिड क्लबलाई नै प्राथमिकता दिएको छ ।
प्रतिक्रिया दिनुहोस्