Logo

किन खाने डल्ले खुर्सानी? यस्ता छन् कारण !



Spread the love

सामान्यतया नेपालीको दैनिक भान्छामा खाना स्वादिष्ट बनाउनका लागि खुर्सानीको प्रयोग गरिन्छ l त्यसमा नि अझ डल्ले अर्थात् अकबरे खुर्सानीलाई विशेष मानिन्छ l यो खुर्सानीले खानाको स्वाद बढाउनुका साथै औषधिका रूपमा पनि प्रयोग हुन्छ । डल्ले खुर्सानी खाँदा अरू खुर्सानीको तुलनामा अति नै पिरो र मिठो पनि हुन्छ । नियमित खान सके त झन् स्वास्थ्यमा निकै नै फाइदा पुग्छ ।

हेर्नुहोस् अकबरे खुर्सानी खानुका फाइदा :

  • यदि तपाईँ ग्यास्टिक तथा अल्सर बिरामी हुनु हुन्छ भने पनि डल्ले खुर्सानीको नियमित प्रयोग गर्ने गर्नुहोस् l
  • यसको नियमित सेवन गर्नाले पिसाबको बिरामीलाई समेत लाभदायी हुन्छ ।
  • अकबरे खुर्सानीले रगतमा चिनीको मात्रा घटाउनुका साथै यसले हाडजोर्नी लगायतका दुखाइ पनि कम गर्छ l
  • यदि तपाईँ दिनहुँ यसको सेवन गर्नुहुन्छ भने यसले तपाइको माेटाेपन घटाउनुका साथै अन्य विभिन्न रोगहरूलाई पनि जाति पार्दछ ।
  • दिनभरि मिहिनेत गरी थाक्नु भएको छ भने पनि यसबाट बनेको परिकारको सेवन गर्नुहोस् l जसबाट तपाइको थकाई मेटिन्छ l

प्रतिक्रिया दिनुहोस्