साउन, ३
सि पि ओलि (दक्षिण कोरिया) जिन्दगी
बोझिलो जिन्दगी कति दिन टीकाउनु आमा बिदेश को बसाई छोडेर आए ।
गाली र दुखै दुख कति सहि बस्नु आमा अबत पिडाहरु छोडेर आए।
हरेक दिन घर आउने दिनहरु गन्नु पर्दैन आमा सारा बोझ छोडेर आए।
पुग्यो धन पैसा र महल को सपना आमा अबत लाख गन्न छोडेर आए ।
चाहिन्न मलाई कुनै घर र गाडी आमा गाउमै कुटोकोदाली गर्नलाई आए।
प्रदेश मा मर्नु पर्दैन अबत आमा तिम्रो समिपमा सधै निदाउन आए।
फलामे मेसिन संग जुध्नुपर्दैन आमा अबत मकै र धान गोड्नलाई आए ।
दुख र चिन्ता लिनुपर्दैन आमा अब त मृत्यु को यात्रा मोड्नलाई आए ।
प्रतिक्रिया दिनुहोस्