Logo

नेपाली टोली र मलेसियन लिग च्याम्पियनबीच मैत्रीपूर्ण खेल हुने



Spread the love

२९ साउन, काठमाडौं । नेपालले मलेसियन सुपर लिग च्याम्पियन क्लब जोहार डारुल ताजिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । भदौ ९ गते नेपाली टोलीले मलेसिया सुपर लिग च्याम्प्यिन जोहार डारुल टा जिम एफसीसँग जोहार सिटीमा मैत्रीपूर्ण खेल खेल्ने भएको हो । त्यसको दश दिनपश्चात नेपालले कुवेतसँग खेल्नेछ ।

नेपाल, कुवेत, अस्ट्रेलिया, जोडर्न र चाइनिज ताइपे एसियाली विश्व कप छनोटका समूह ‘बी’ मा रहेका छन् । मैत्रीपूर्ण खेल तय भएपश्चात यो मैत्रीपूर्ण खेल नेपालको लागि राम्रो भएको मुख्य प्रशिक्षक योहान कालिनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्