Logo

स्नाइडरद्वारा सबैखाले फुटबलबाट सन्न्यासको घोषणा



Spread the love

२९ साउन, काठमाडौं । डच अट्याकिङ मिडफिल्डर वेस्ली स्नाइडरले सबैखाले फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । मंगलबार ३५ वर्षीय रियाल म्याड्रिड, इन्टर मिलानका मिडफिल्डर स्नाइडरले सबैखाले फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन् ।

पछिल्लो समय कतारी क्लब एल घाराफामा रहेर स्नाइडर व्यवसायिक फुटबल खेलिरहेका थिए । सन्न्यासको घोषणा गर्दै स्नाइडरले आफ्नो जन्मस्थानमा केही गर्ने मनासय रहेको बताएका छन् ।

क्लब फुटबलमा स्नाइडरले आयाक्सबाट डच लिग, केएनभीबी कप, योहान क्रुफ शिल्ड, रियालबाट स्पेनिस ला लिगा, इन्टर मिलानबाट सिरी ‘ए’, कोपा इटालिया, सुपर कोपा इटालिया, युइएफए च्याम्पियन्स लिग, फिफा क्लब वल्डकप, गालाटसारेबाट सुपर लिग, टर्किस कप, टर्किस सुपर कप र एल घाराफाबाट कतारी स्टार्स कपको उपाधि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्