Logo

सागको तयारीस्वरुप महिला फुटबल टोलीले ‘नादेझ्दा कप’ खेल्ने



Spread the love
 

२९ साउन, काठमाडौं । किर्गिस्तानमा हुने नादेझ्दा कप फुटबल प्रतियोगितामा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सागको तयारीस्वरुप भाग लिने भएका छन् ।

सेप्टेम्बर ६ देखि १४ सम्म चल्ने प्रतियोगितामा आयोजक किर्गिस्तानसँगै ताजिकिस्तान र उज्बेकिस्तानले पनि सहभागिता जनाउने छ । नेपालले पछिल्लो केहि साता यता सागको तयारीका लागि प्रशिक्षण गरिरहेको छ ।

नेपालले आयोजक किर्गिस्तानसँग भदौ २२ गते खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दोस्रो खेलमा उज्वेकिस्तानको सामना गर्ने नेपालले भदौ २४ गते ताजकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । तेस्रो स्थान र फाइनल खेल भदौ २६ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्