Logo

दर्द थियो होला …..!(कविता)



Spread the love

जताततै सुन्छु आजकल आत्माहत्या
गर्नेको संख्या बढदै गएको छ अरे,
मान्छे मान्छेमा भरोसा हराउदै छ कि ?
साढे चार अक्षर को विस्वास ?
या आफ्नै जीवन देखि दुई अक्षर को माया ?
कि कमजोर हुदैछन मुटु हरु ?
कि बहाब बढ्दै छ यातनाको ?
होइन भने आमा हारेको हुनुपर्छ ।
बुवाको मेहनतले पुग्न छोडेको हुनुपर्छ ।
कि त बिस्वास बाट बिस्वास हराउदै छ ।
जिउन देखि मान्छे डराउदै छ ।
त्यसैले त थाक्दैछन आफू देखि आफैं
अनि लाग्दैछन आफ्नै बाटो जहाँ एक दिन
जानै पर्छ भन्ने छ ।
कोहि सुचना दिएरै गएका छन् ।
फेसबुक बाट बिदा लिएरै गएका छन् ।
बिदेशबाट फर्किएर मृत्यु लिएका छन् ।
हिजो मात्र सुने, प्रेमिल जोडिले देशकै
अग्लो पुलबाट हामफाले …..!
समाचार भरी आत्महत्या को लाम लागेको छ ।
सायद यहाँ आत्माबिस्वासमा जाम लागेको छ ।
म नजिकै को कारखानाको म्यानेजरले पनि गए राती पासो लगायो रे
बिरामी श्रीमती र रिन छोडेर गएको छ ।
देख्न त सबैलाई हासेकै देख्छु
तर….कत्ति पीडा रहेछ … ।
सायद मेरो भन्दा बढी नै थियो होला
तर कोहि हुत्तिहारा भन्छन ।
सोच्दैनन कि पिडा कति थियो ?
पिडा मात्र नहोला,मानसिक यातना थियो
त्यो भन्दा पनि बढी सायद……..!
त्यो भनिन्छ नि ……… “दर्द” ………….थियो होला।
केही त थियो …..।
जुन कसैले बुझिदिएनन ।
या भनौ बुझ्नै चाहेनन ।
हो आजकल धेरै सुन्दै छु आत्महत्या गर्नेको
संख्या बढ्दै गएको छ
मान्छे मान्छेमा भरोसा हराउदै छ कि ?
बिस्वास या मानवता ?

प्रतिक्रिया दिनुहोस्