Logo

‘प्रदेशसभा दर्पण’ विमोचन



Spread the love

२७ साउन, काठमाडाैँ – प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले राजधानी र नामकरणको विषय प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत संसद्मा आएमा मात्र प्रवेश पाउने बताएका छन् ।

आज प्रदेशसभाको गतिविधि समेटिएको ‘प्रदेशसभा दर्पण’को दोस्रो अङ्कको विमोचन गर्दै सभामुख श्रेष्ठले हालसम्म प्रदेशसभामा ४३ विधेयकबारे छलफल भएको बताए । उनले ३६ विधेयक प्रदेशसभाबाट पारित भएको र पाँच विधेयकबारे समितिमा छलफल भइरहेको जानकारी दिए । प्रदेशसभा सचिवालयद्वारा तयार पारिएको ‘प्रदेशसभा दर्पण’मा गत वर्ष प्रदेशसभाले सम्पादन गरेका सम्पूर्ण कामको विवरण समेटिएको छ ।

विमोचन कार्यक्रममा प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्