Logo

पीएसजीका समर्थकद्वारा नेयमारविरुद्ध नाराबाजी



Spread the love

२७ साउन, काठमाडौं । पेरिस सेन्ट जर्मेनले फरवार्ड नेयमारविनै आइतबार राति लिग वानको पहिलो खेलमा निम्सविरुद्ध जित निकलेको छ ।

पीएसजीका समर्थकले पनि निम्सविरुद्ध ३–० को जित हात पारेको खेलमा ‘नेयमार आउट’ भन्ने नारा घन्काउँदै स्टेडियमभर ब्यानरहरु प्रदर्शन गरेका थिए । घरेलु मैदानमा समर्थकहरुले ‘नेयमार क्लब छाडेर जाउ’ जस्ता नारा लेखिएको ब्यानर प्रदर्शन गरेको थियो ।

क्लबका निर्देशक लियोनार्डाेले नै नेयमारलाई लिग वानको सुरुवाती खेलमा टोलीमा राखेका थिएनन् । नेयमारले क्लब छाड्ने मनासय बनाइरहँदा क्लबले उनलाई टोलीमै नसमेटेको हो ।

प्रतिक्रिया दिनुहोस्