Logo

ला लिगाको पहिलो खेल मेस्सीले गुमाउने पक्का



Spread the love

२७ साउन, काठमाडौं । यो सिजनको ला लिगा अन्तर्गतको पहिलो खेल क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले गुमाउने भएका छन् । चोटका कारण मेस्सीले आगामी शुक्रबार एथ्लेटिक बिल्वाओविरुद्धको ला लिगाको पहिलो खेल गुमाउने भएका हुन् ।

बार्सिलोनाको प्रशिक्षणमा सामेल भएको पहिलो दिन नै पिडौंलाको चोट बोकेका थिए ।

शनिबार राति अमेरिकामा बार्सिलोनाले नेपोलीमाथि ४–० को फराकिलो जित हात पारेको खेलमा पनि उपस्थित थिएनन् ।

मेस्सी नभए पनि नेपोलीलाई पराजित गरेको र फरवार्ड ग्रिजमले गोल गरेको अवस्थामा टोली सन्तुलित रहेको प्रशिक्षक भालभेर्डेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्