Logo

ग्लोबल टि २० क्यानडाको उपाधि सोमपाल सम्मिलित विनिपेग हक्सलाई



Spread the love

२७ साउन, काठमाडौं । ग्लोबल टि२० क्यानडाको उपाधि सोमपाल कामी सम्मिलित विनिपेग हक्सले हात पारेको छ । योसंगै सोमपाल विदेशी फ्रेन्चाइज लिगको उपाधि जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएका छन् । आइतबार सम्पन्न फाइनल खेलमा सुपर ओभरमा भान्कुभर नाइट्सलाई पराजित गर्दै हक्सले उपाधि कब्जा गरेको हो । सोमपाल पहिलो रोजाइमा परेका थिएनन् ।

हक्सले सुपर ओभरमा १० रनको लक्ष्य ४ बलमा भेटायो । सुपर ओभरमा पहिलो ब्याटिङ गरेको नाइट्सले ९ रन जोड्यो। त्यसअघि एक सय ९३ रनको विजयी लक्ष्य पछ्याएको साविक विजेता भ्यानकुभरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९२ रन बनाएको थियो । भ्यानकुभरको लागि कप्तान सोयब मल्लिकले ६४ रन बनाए । आन्द्रे रसेलले अविजित ४६ रन बनाएका थिए । रस्सि भानडर दुसेन २३, ड्यानियल सम्सले २१ र शाख बीन जफार २७ रन बनाए ।

हक्सका कप्तान रायद इम्रिट र पल भान मेर्करेनले दुइृ दुई विकेट लिए ।

त्यस्तै आन्द्रे रसेल २० बलमा ५ छक्का र ३ चौका सहित ४६ रन अविजित रहे । रस्सि भान डर दुसेन २३, ड्यानियल सम्श २१ र शाख बीन जफार २७ रनमा आउट भए । हक्सका लागि कप्तान रायद इम्रिट र पल भान मेर्करेनले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हक्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९२ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्