Logo

ब्राजिलियन मिडफिल्डर काउटिन्हो बार्सिलोनामै रहने सम्भावना उच्च



Spread the love

२६ साउन, काठमाडौं । ब्राजिलियन मिडफिल्डर फिलिप काउटिन्हो बार्सिलोनामै बस्ने सम्भावना रहेको छ । गत सिजन मात्र महंंगो मूल्यमा लिभरपुलबाट बार्सिलोना आएका काउटिन्होको प्रदर्शन सोचेअनुरुप हुन नसक्दा यो सिजनलाई उनलाई बेच्न खोजिएको थियो ।

उनलाई टोटनहृयाम र आर्सनलले अनुबन्ध गर्ने इच्छा पनि देखाएका थिए तर, सहमति भने हुन सकेन ।

यद्यपि बार्सिलोनाले पेरिस सेन्ट जर्मेनबाट नेयमारलाई फर्काउने प्रयास गरिरहेको छ । यो प्रयास सफल भएको खण्डमा काउटिन्हो पेरिस जान सक्छन् ।

प्रतिक्रिया दिनुहोस्