Logo

लिभरपुल तथा ब्राजिली गोलरक्षक एलिसनले चेल्सीविरुद्धको खेल गुमाउने



Spread the love

२६ साउन, काठमाडौं । चेल्सी विरुद्धको सुपर कप लिभरपुल तथा ब्राजिली पहिलो रोजाईका गोलरक्षक एलिसन बेकरले गुमाउने भएको छ ।काल्फ इन्ज्युरीका कारण १५ अप्रिलमा चेल्सीविरुद्धको खेल एलिसनले गुमाउने भएको हो ।

नर्विच सिटीविरुद्ध ४–१ को जित निकालेको खेलको ३९औं मिनेटमा एलिसनले चोट बोकेका थिए । रोमाका २६ वर्षीय पुर्व गोलरक्षक बेकरलाई यसै सिजन लिभरपुल आएका एड्रियनले विस्थापित गरेका थिए ।

प्रशिक्षक क्लोपले एड्रियनले पनि नर्विचविरुद्ध राम्रो प्रदर्शन गरेकाले चेल्सीविरुद्ध उनी तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्