Logo

अफगानिस्तानका क्रिकेटर मोहम्मद अनिश्चितकालका लागि निलम्बित



Spread the love

२६ साउन, काठमाडौं । अफगानिस्तान क्रिकेट बोर्डले विकेटकिपर ब्याट्सम्यान मोहमद शाहजादलाई निलम्बन गरेको छ। मोहम्मदले देश बाहिर जाँदा अनुमति लिनुपर्ने नीति उल्लंघन गरेको भन्दै उनलाई निलम्बन गरिएको हो।

जुलाई २० देखि २५ सम्म अनुशासन कमिटीमा आउन भनिएको थियो तर उनि आएनन् । इदको विदा पश्चात बस्ने अनुशासन समितिको बैठकले शहजादमाथि थप कारबाही गर्न सक्छ ।

शाहजाद पाकिस्तानको पेसावर शरणार्थी शिविरमा बस्दै भएका छन्। उनी अफगानिस्तानको नाङग्रहरका हुन्। तर उनी पाकिस्तानकै बोर्डमा हुर्किएका थिए। उनले विवाह पनि पाकिस्तानकै पेशावारमा गरेका थिए।

एकदिवसीय विश्कपमा चोटका कारण उनलाई स्वदेश फिर्ता पठाएपश्चात शहजादले राजनीति भएको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्