Logo

संविधानविदलाई प्रधानमन्त्रीको प्रश्न- नयाँ सरकार कुन धारालाई टेकेर बन्न सक्छ ?



Spread the love

२ साउन, काठमाडौं ।
नयाँ सरकार गठन प्रक्रियालाई लिएर संवैधानिक बहस चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संविधानविदहरुलाई बालुवाटारमा बोलाएर परामर्श गरेका छन् ।

नयाँ सरकार गठनबारे कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले संविधानविदहरुसँग छलफल गरेको भोलिपल्ट प्रधानमन्त्रीले पनि त्यस्तै परामर्श गरेका हुन् ।

बैठकमा प्रधानमन्त्रीले संविधान निर्माणका क्रममा संक्रमणकालीन व्यवस्था भएकाले एउटा मात्रै सरकारको परिकल्पना गरिएको बताए । तर, षड्यन्त्रपूर्वक आफ्नो सरकार ढाल्ने प्रयास भएको भन्दै उनले सरकार फेरिँदा नयाँ सरकार बन्न सक्छ कि सक्दैन र बन्छ भने संविधानको कुन धारालाई टेकेर बन्छ भन्ने प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले आफू संविधान अनुसार अघि बढ्ने भन्दै संसदको फेस गर्ने बताए । संविधानको कार्यान्वयनका लागि चुनाव आवश्यक रहेको उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्