डिप्रेसन चिन्ताकै गहिरो रुप हो । अक्सर व्यवहारिक जीवनमा परिसकेका मान्छेलाई चिन्ता परि रहन्छन् । उनीहरु नै डिप्रेसनका सिकार हुन्छन् । हामी यस्तै सोच्छौं । तर, पछिल्लो समयमा बालबालिका, किशोर-किशोरी समेत डिप्रेसनले ग्रस्त हुँदै गईरहेका छन् ।
डिप्रेसन हुनु उनीहरुको समस्या होइन । उनीहरु स्वयम्थालाई थाहा छैन कि मलाई के भइरहेको छ । यद्यपी शिक्षक / शिक्षिका एवं आमाबुवाले उनीहरुको अवस्था बुझ्दैनन् ।
अभिभावकले समस्या पहिचान नगरी छोराछोरीलाई दोषी देखाइरहँदा उनीहरुमा थप हिनताबोध हुने गर्छ । उनीहरु हरेक कुरामा हतोत्साही हुँदै घर छाडेर भाग्ने गर्छन । कतिपय त झनै आत्महत्याको बाटो पनि रोज्ने गर्छन ।
अहिले प्रतिस्पर्धाको जमाना छ । हरेक क्षेत्रमा प्रतिस्पर्धा चलिरहेको छ । पढाईमा, करियरमा, प्रतिष्ठामा, कमाईमा । अभिभावकहरु छोराछोरीलाई यस्तै प्रतिस्पर्धामा सामेल गराउँछन् ।
उनीहरु के चाहन्छन् ? उनीहरुको क्षमता के हो ? उनीहरुको केमा रुचि छ ? कहिले बुज्ने कोसिस गर्दैनन् । बरु, परीक्षामा सर्वोत्कृष्ट भएको, राम्रो करियर अपनाएको, धेरै आर्जन गरेको मात्र देख्न चाहन्छौं । अभिभावकको यही अपेक्षा उनीहरुको निम्ति दवाव बन्छ । जसका कारण उनीहरु डिप्रेसनको सिकार हुन्छन् ।
डिप्रेसनको लक्षण
-बच्चा सामान्य अवस्थामाभन्दा बढी झर्को मान्ने, उदास रहने
-उनको मुड क्षणक्षणमा बदलिने
-सानो कुरामा पनि रिसाउने
-विद्यालय जान मन नगर्ने
-साथीभाईसँग घुलमिल नहुने
-सामान्य भन्दा बढी सुत्छन्
-एकान्तमा बस्न रुचाउँछन्
-खेल्ने कुद्ने काममा रुची राख्दैनन्
यदि यसो हो भने अब के गर्ने त ?
-यदि बच्चालाई डिप्रसनको समस्या छ भने उनीहरुको मनको भाब बुझ्ने कोसिस गर्नुपर्छ । र उनीहरु रिसाउँदा, र्झकदा, खेल्न र पढ्न मन नगर्दा अभिभावकले जबरजस्ती गर्नु हुँदैन ।
-बालबालिकालाई रमाइलो माहौल बनाइदिनुपर्छ । कुनैपनि कुरामा दबाव दिने होइन, बरु प्रेरित गर्नुपर्छ ।
-अभिभावकले धेरैभन्दा धेरै समय बालबालिकासँग बिताएर उनीहरुसँग बोल्ने, खेल्ने गर्नुपर्छ । बच्चालाई अरुसँग तुलना कहिल्यै गर्नु हुन्न ।