Logo

विमल ‘म्यान अफ द म्याच’ घोषित



Spread the love

२५ साउन, काठमाडौं । माल्दिभ्सको प्रिमियर लिगमा नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ति मगरले सानदार प्रदर्शन गरि राखेका छन् । शुक्रबार उनको टिम टिसी स्पोर्टस क्लबले निलान्धो स्पोर्ट्स क्लबलाई २–० ले पराजित गरेको हो ।

टिसीको जितमा विमल र इशान इब्राहिमले गोल गरे। खेलको १२ औं मिनेटमा विमलले सुरुवाती अग्रता दिलाए । त्यस्तै ,४० औं मिनेटमा इशानले गोल गर्दै टिसीको अग्रतालाई दोब्बर बनाए । दाेस्राे हाफमा भने टीसीले थप गाेल गर्न नसक्दा पहिलाे हाफमा गरेकाे २ गाेल नै पर्याप्त रह्यो । विमल खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।

साविक विजेता टिसी ७ चरणको खेल सकिदा १२ अंकसहित चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्