Logo

ब्राजिलियन फुटबलर गाब्रियल जेससलाई २ महिना प्रतिबन्ध



Spread the love

२४ साउन, काठमाडौं ।अन्तर्राष्ट्रिय फुटबलबाट ब्राजिलियन फुटबलर गाब्रियल जेससलाई २ महिनाको प्रतिबन्ध लगाइएको छ। दक्षिण अमेरिकी फुटबलले उनलाई ३० हजार डलर जारिबाना गरेको हो।

गत महिना सम्पन्न कोपा अमेरिकाको फाइनलअन्तर्गत पेरुविरुद्धको खेलमा जेससले रातो कार्ड पाएका थिए। जेससले उक्त खेलमा रेफ्री रोबार्टो तोबरसँग विवाद गरेका थिए। जेससले कार्ड पाएर मैदान छाडेसंगै पानीको बोतललाई किक हानेका थिए भने भिएआरको मोनिटरलाई धकेलेका थिए।

प्रतिबन्धपश्चात आगामी सप्टेम्बरमा कोलम्बिया र पेरुविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस्