Logo

अटेरी ब्यवसायी र नाममात्रैको सरकार : कैले रोकिन्छ सार्वजनिक यातायातको बेथिती ?



Spread the love

ललितपुर  – लतिलपुर घुसेलका संगीता तामाङ काठमाडौंस्थित एक घरमा लुगा धुने, बालबच्चा स्याहारसुसार गर्ने काम गर्छिन ।

चापागाउँ बस्ने उनी बेलुका काम सकेर लनगनखेल बसपार्क आइपुग्दा ८ बच्छ, नियमअनुसार बासपार्कमा ८ बजेसम्म गाडी हुनुपर्छ ।

तर प्रायः नभेटिने गरेको उनको अनुभव छ ।

माईक्रोबस भेटिने त कुरै छाडौं उनले भनिन् – बस कहिलेकाहीं मुस्किलले मात्रै भेटिन्छ । त्यो पनि खुट्टा  टेक्ने ठाउँ हुँदैन ।

उनले गाडी भेटिएको समयमा ढोकामा झुण्डिएर कष्टकर यात्रा गर्न बाध्य हुने गरेको सुनाईन् ।

‘गाडी नभेटिएको अवस्थामा लगनखेलदेखि सातदोबाटोसम्म हिँडेर आउछु’, उनले भनिन् – त्यहाँबाट मोटरसाईकल, मिनि ट्रक जे भेटिन्छ त्यसैमा लिफ्ट मागेर आउँछु ।, यो खबर आजकोकान्तिपुरदैनिकमाप्रशान्त मालीले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्