२२ साउन, काठमाडौं । श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ एशिया कप खेल्ने नेपाली युवा टोलीको प्रशिक्षण आजदेखि सुरु भएको छ ।
काठमाडौँमा भएका १७ खेलाडीलाई समेटेर कीर्तिपुरस्थित त्रिवि मैदानमा अनौपचारिक प्रशिक्षण सुरु गरिएको हो । नेपाली युवा टोलीको औपचारिक प्रशिक्षण भने यही साउन २७ गतेबाट मात्र सुरु हुने भएको छ।
एसिसी इस्र्टन रिजन च्याम्पियनसिपको उपाधि हात पारेको नेपालले एशिया कपमा स्थान बनाएको थियो । यस अगाडी साउन २१ गते देखि प्रशिक्षण गर्ने भनिएता पनि एशियन क्रिकेट काउन्सिलबाट बजेट स्वीकृति नहुँदा प्रशिक्षण प्रभावित बन्न पुगेको थियो ।
एसिसी यू–१९ एशिया कपमा एशियाका पाँचवटा टेस्ट राष्ट्रसहित आठ टोलीको सहभगिता रहनेछ ।
प्रतिक्रिया दिनुहोस्