Logo

आर्सनलमा चेल्सीका डिफेन्डर लुइज अनुबन्धित



Spread the love

२३ साउन, काठमाडौं । इंग्लिस क्लब चेल्सीका डिफेन्डर डेभिड लुइज आर्सनलमा अनुबन्धित भएका छन् । आर्सनलले ८ मिलियन पाउण्डमा लुइजलाई दुई वर्षका लागि भित्र्याएको हो । आजै ३२ वर्षीय डेभिडको मेडिकल टेष्ट हुने भएको छ ।

सन् २०११ मा डेभिड बेनिफिकाबाट चेल्सी गएका थिए भने सन् २०१४ मा चेल्सीबाट उनी पेरिस सेन्ट जर्मेन पुगे र पीएसजीमा करिब दुई वर्ष बिताएपश्चात पुन : उनी सन् २०१६ मा चेल्सीमै फर्किए।

प्रतिक्रिया दिनुहोस्